ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायक राजन तिमिल्सिनाले आफ्नो दोश्रो एल्बम ‘यो सम्बन्ध’मा समावेश ‘कसरी मन वुझाउ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पहिलो एल्बम ‘कदम’ बजारमा ल्याएपछि राम्रो चर्चा कमाएका गायक राजन तिमिल्सिनाले यो गीतले पनि दर्शक, स्रोताको मन छुने विस्वास व्यक्त गरे ।
सार्वजनिक ‘कसरी मन वुझाउ’ बोलको गीतमा राजन आँफैले संगीत भरेका छन् भने किरण माइकलको शब्द रहेको छ । भिडियोमा रोशन र काव्यताले मोडलिङ गरेका छन् । भिडियोमा रोशन र काव्यताको एकअर्का प्रतिको प्रेम भावलाई प्रस्तुत गरिएको छ । सार्वजनिक भिडियोलाई विभोर पोख्रेलले निर्देशन गरेका हुन् ।
मल्टिमेटको सम्पादन रहेको भिडियोलाई एनीक्यूरेलले खिचेका हुन् । पहिलो एल्बममा समाबेश गीत जस्तै दोश्रो एल्बम ‘यो सम्बन्ध’मा समाबेश गीतहरुले पनि चर्चा कमाउने गायक राजन विश्वास व्यक्त गरेका छन् । उनले आफु सँधै यहि क्षेत्रमा लाग्ने पनि बताए ।
गीत हेर्नुहोस्: