ठुलोपर्दा डटकम, काठमाण्डौ।
भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन यही असारमा १० गते आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा आउने अधिकांश सहभागीको टुङ्गो लागेको छ । जसमा टाइटेनिक चलचित्रका नायक लियोनार्दो डिक्याप्रियो र हलिउडकी चर्चित बेलायती नायिका जोहना लुम्ले पनि आउने निश्चित भएको छ । अर्थमन्त्रालयले एक दिवसीय सम्मेलनका लागि नियोनार्दो आउन लागेको जनाएको हो ।
सम्मेलनमा सहभागी हुन सरकारले ३७ राष्ट्र र २३ बहुपक्षीय दातृ निकाय तथा प्रतिष्ठित व्यक्तिलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरेको थियो । यस अघि पनि नेपाल आएका टाइटेनिक चलचित्रका नायक लियोनार्दो डिक्याप्रियो राष्ट्रसंघका दुत समेत हुन् । नायक लियोनार्दोसगैं सम्मेलनमा भाग लिन अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पनि नेपाल आउँदैछन् ।