ठुलोपर्दा डटकम, काठमाण्डौ।
व्यापारिक रुपमा २०७१ सालकै सर्वाधिक सफल चलचित्र कोहिनूर ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ बाट बाहिरिएको छ । चलचित्र कोहिनूरका निर्माता मध्येका एक चन्द्र प्रसाद श्रेष्ठले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै चलचित्र कोहिनूरले ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ मा सहभागीता नजनाउने उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘दर्ता प्रक्रिया तथा प्राविधिक त्रुटी पूर्ण तरिकाले कोहिनुर चलचित्रलाई अवार्ड कार्यक्रममा समावेश गरेको हुनाले त्यस गरिमामय अवार्ड कार्यक्रम विवादित नहोस् भन्ने मनसायले नेपा मुभिजद्वारा निर्मित तथा आकाश अधिकारीद्वारा निर्देशित स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको सविनय भेट तथा बर्षको सफल चलचित्रले एनएफडीसी अवार्डको सहभागीताबाट बाहिरन गरेको आग्रहलाई आयोजकले स्विकार गरेको छ । यसलाई अन्यथा नलिइदिन आग्रह गर्दछौ ।’
यो चलचित्र ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को ३ विधामा परेको थियो । भोलीको शुक्रबारबाट पुन: देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र उनकी श्रीमती स्वेता खड्काले अभिनय गरेकी छिन् । चलचित्रले सफलता पुर्वक २०७१ सालमा ५१ दिन मनाउन सफल भएको थियो । शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र कोहिनूरबाट उठेको ५० प्रतिशत रकम ‘श्रीकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान’लाई हस्तान्तरण गरिने निर्माताको विज्ञप्तीमा उल्लेख छ ।