ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रको विकास र स्तरउन्नतीका लागि नेपाल सरकारले करिब १५ बर्ष अगाडी खडा गरेको चलचित्र विकास बोर्डले वुधबार आफ्नो १५ औँ बार्षिकोत्सव मनाएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि बोर्डले आफ्नो स्थापनाको १५ औँ बाषिर्कोत्सव मनाएको हो ।
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा भएको बाषिर्कोत्सवमा चलचित्रकर्मी, पत्रकार, कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । साथै सोहि अवसरमा बोर्डले विभिन्न चलचित्रकर्मीलाई सम्मान पनि गरेको थियो । बाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री रिजालले नेपाली चलचित्रको विकास र स्तरउन्नतीका लागि अहिले आफु सरकारसँग विशेष छलफल गरिरहेको बताए । उनले अब चाँडै चलचित्र निती परि लागु पर्ने बताए । साथै उनले वोर्ड कर्मचारीलाई स्थायी नियुक्तीको लागि पनि प्रक्रिया अघि बढाउन निर्देशन समेत दिए ।
त्यस्तै, चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले बोर्डले बर्षेनी बाड्न नसकेको राष्ट्रिय चलचित्र पुरस्कारलाई पनि यस बर्षदेखी निरन्तर दिने पनि उल्लेख गरे । विश्वकै कान्छा निर्देशक सौगात बिष्ट, साँघुरो, झोला, मैना, हाइवे, बोक्सी, वर्ल्ड कप इन नेपाल, पल, सुनगाभा, कबड्डी, द मिरर, स्विकार लगायतका चलचित्रका चलचित्रकर्मीलाई विकास बोर्डले सम्मान गरेको थियो ।
सम्मान कार्यक्रमपछि बाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधन गर्दे चलचित्रकर्मीहरुले तत्काल बोर्डले बक्स अफिस लागू, राष्ट्रिय चलचित्र नीति लागू गर्नु पर्ने बताए । नेपाल चलचित्र विकास बोर्डले कर्मचारीहरु गिरिस शर्मा, दिनेश बाँनिया, राजेश चालिसे लाई पनि सम्मान गरेको थियो ।