‘दर्पणछाँया २’ बन्ने



darpan-chhaya-2

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पछिल्लो समय पहिलो चलचित्र सुपरहिट भएपछि त्यसको सिक्वेल बनाउने चलन यति बेला व्यापक रुपमा अगाडी बढिरहेको छ । र सिक्वेलले पनि राम्रो व्यापार गर्न थालेपछि निर्माताहरु नयाँ नाम जुराउने भन्दा पनि पहिलो चलचित्रको नामबाटै सिक्वेल बनाउन थालेका छन् । त्यहि क्रममा ब्लकबस्टर चलचित्र दर्पणछाँयाको सिक्वेल निर्माण हुने भएको छ ।

दर्पणछाँयामा लेखन, सम्पादन र निर्देशन समेत आफैंले गरेका निर्देशक तुलसी घिमिरेले चलचित्र विकास बोर्डमा ‘दर्पणछाँया २’ को नाम दर्ता भैसकेको जानकारी दिए । भूकम्पका कारण स्थगित भएको चलचित्रको छायांकन चाँडै सुरु गर्ने पनि निर्देशक घिमिरेले बताए ।

दर्पणछाँयाको सिक्वेलमा दर्पणछाँयाकै दुई कलाकार दिलिप रायमाझी र उत्तम प्रधानको मुख्य भूमिका रहनेछ । सोहि चलचित्रकी नायिका निरुता सिंहसँग पनि यो विषयमा कुरा भइरहेको र हालसम्म नायिकाको भने पक्का भइनसकेको निर्देशक घिमिरेले बताएका छन् । चलचित्रमा घिमिरेकै कथा, पटकथा, संवाद, निमौण र निर्देशन रहनेछ । कुनै समय चलचित्र दर्पणछाँयाले व्यापारमा रेकर्ड ब्रेक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu