प्रेम सम्बन्धलाई लिएर बेला बखतमा चर्चामा आइरहने बलिउडका चर्चित जोडी अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहोलीले सन् २०१६ भित्रै बिवाह गर्ने खबर बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमहरुले अब उनीहरु बिवाहका लागि अन्तिम तयारीमा रहेको खबर प्रकाशन गरेका छन् ।
बिवाह भएपछि चलचित्र क्षेत्र छोड्ने मनसाय बनाएकी अनुष्काले सन् २०१६ भित्र नै बिवाह गर्ने सोच बनाएकी छिन् । एक अन्तरर्वार्ताको क्रममा अनुष्काले भनेकी छिन् -‘मैले आगामी वर्ष चलचित्र उद्योग छोड्नुपर्ने हुनसक्छ ।’ अनुष्काले अगाडी भनिन -‘परिवारका अगाडि मेरा लागि काम ठुलो होइन । अहिलेसम्म म आफ्नो कामबाट सन्तुष्ट छु । जहिलेसम्म कामबाट सन्तुष्ट लिनसक्छु तबसम्म मात्र काम गर्छु ।’
समाचारमा जनाइए अनुसार विराटसँग विवाह गरेपछि अनुष्काले परिवार सम्हाल्ने इच्छा व्यक्त गरेकी छिन् । विवाह पछि अनुष्काले चलचित्र उद्योग छोड्ने कुराले उनका शुभचिन्तक भने निराश भएका छन् । विराटसँग प्रेम प्रसंग चल्नु अघि अनुष्काको नाम बलिउड अभिनेता रणबीर सिंहसँग जोडिएको थियो ।