कार्यक्रम स्थलबाटै प्रहरीद्वारा मुन्द्रे, माग्नेबुढा र कोमल वलीलाई नियन्त्रण



mundre-and-magne-dhading

चर्चित हास्यकलाकारहरु केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’ तथा लोकगायिका कोमल ओलीलाई धादिङ प्रहरीले नियन्त्रणमा लिई छोडेको छ । युनिसेफको सहयोगमा रेडियो नेपालबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘भन्दै-सुन्दै’ रेकर्ड गर्न धादिङबेसी पुगेका उनिहरुलाई कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएको हो ।

अनुमतिबिना कार्यक्रम गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय लगेको हो । जनचेतनामूलक रेडियो कार्यक्रम ‘भन्दै-सुन्दै’ उनीहरुले नीलकण्ठ उमाविको प्राङ्गणमा रेकर्ड गरेका थिए । चर्चित कलाकारहरु धादिङबेसी पुगेपछि नीलकण्ठ उमावि र बालमन्दिरका विद्यार्थी तथा शिक्षकहरुको उत्साहपूर्ण सहभागिता थियो ।

komal-oli-dhading

सो अवसरमा मुन्द्रे र माग्नेको हास्यव्यङ्ग्य प्रस्तुतीका अलावा चर्चित जादूगरहरुले जादू समेत देखाएका थिए । यस्तै कोमल वलीले आफ्ना चर्चित गीतहरु गाएकी थिइन् ।

कोमल ओलीले गीत गाएर सक्न नभ्याउँदै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नीलकण्ठ उमाविका शिक्षकहरुले कार्यक्रम विद्यालयको व्यवस्थापन र अनुमतिमा भएको भन्दै रोक्न खोजेपनि ‘सिडियो साप’ले लेराउनु भनेको छ भन्दै प्रहरीले लिएर गएको थियो ।

यसैबीच, धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरुलाई नियन्त्रणमा लिएको नभइ छलफलका लागि मात्रै बोलाएको बताएका छन् । साझापोष्टको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu