संगीतकार बाँस्कोटा सम्मानित



shambhujeet-samman
नेपाली सेनामा सारंगी अर्केस्ट्रा स्थापना गर्न विशेष योगदान पुर्‍याएका नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति संगीतकार शम्भुजित बाँस्कोटालाई नेपाली सेनाले नेपालले सम्मान गरेको छ ।

प्रधानसेनापति गौरवशमशेर जबराले उनलाई सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन् । उनीसगैं संगीत संयोजक अमूल कार्की ढली, सारंगीवादक श्याम नेपाली, प्रिन्स नेपाली र धर्म गन्धर्वलाई कदर स्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो। राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाले नेपालको विभिन्न भागमा प्रचलित सारंगीका एक दर्जन धुन र दुई लोकगीत समेटेर तयार गरेको अडियो सीडी पनि सार्वजनिक गरेको छ ।

सेनाका विभिन्न युनिटबाट ३० जना सहभागी गराई सञ्चालित सारंगीवादन तालिमका शिक्षार्थीबाट तयार गरिएका धुन तथा गीत सीडीमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu