हलिउडका एक्शन स्टार आर्नोल्ड स्वाजनेगरले आफुले श्रीमतीलाई धोका दिनुनै जिन्दगीको सबैभन्दा ठुलो असफलता रहेको बताएका छन् । एक अन्तरर्वार्ताको क्रममा उनले आफुले बर्षौदेखी श्रीमतीलाई दुख दिएको खुलासा भएपछि सम्बन्धविच्छेद गरेका स्वाजनेगरले उक्त घटना आफ्नो जीवनको सबैभन्दा ठूलो असफलता भएको बताएका छन् ।
उनले भने, ‘मैले थुप्रै व्यक्तिगत गल्तीहरु गरेको भएतापनि आफ्नी ५९ वर्षिया पत्नीबाट छुट्नुलाई एउटा असफलता मानेको छु । र मैले गरेको गम्भिर गल्तीका लागि पत्नी र बच्चासँग माफी मागिसकेको छु र बच्चाहरुसँग सौहाद्रपूर्ण सम्बन्ध कायम राखिराखेको छु ।’
आफ्नै पूर्वघरेलु सहयोगीसँग सम्बन्ध गाँसेको र उनीबाट एक बच्चा पनि रहेको खुलासा भएपछि आर्नोल्डको सन् २०११ मा २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुङ्गिएको थियो। तर पछि त्यस्तो केहि पनि नभएको थाहा भएपछि अहिले आर्नोल्ड पुन: उहि श्रीमतीसँग बस्दै आइरहेका छन् ।