नेफ्टा अवार्ड तयारीका लागि कतार पुग्यो आयोजक



nefta-qatar-team

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी र महासचिव अनन्त तिमिल्सिना आठौ नेफ्टा फिल्म अवार्डको तयारीका लागि कतार पुगेका छन् । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसाग सहकार्य गर्दै नेफ्टाले यो बर्ष कतारमा अवार्ड आयोजना गर्न लागेको हो । यसअघि अवार्ड कार्यक्रम मलेसिया र हङकङमा सम्पन्न भैसकेको छ ।

कतारमा भव्य स्वागत पाएपछि अध्यक्ष केसी र महासचिव अनन्त तिमिल्सिनाले खुशी व्यक्त गरे । उनीहरुले कतारमा अवार्डको तयारी जोडतोडका साथ भैरहेकाले अवार्ड भव्य हुनेमा दुइमत नरहेको बताए । अध्यक्ष केसीले अवार्डको तयारी देखेर आफूहरु पनि छक्क परेको बताए ।

उनीहरुले कतारमा अवार्ड आयोजना हुने हल र तयारीको बारेमा जानकारी लिनेछन् । उनीहरु सोमबार नेपाल फर्कने र नेपालमा अवार्डको तयारीमा लाग्नेछन् । अहिले नेफ्टा अवार्डका लागि धमाधम चलचित्र हेर्ने काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu