निखिल र अनुको दिलको मामिला कस्तो ? (भिडियो)



nikhil-and-anu-bhairav

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक निखिल उप्रेतीको निर्माण, निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र भैरवको दोस्रो गीत रिलिज भएको छ । भदौ ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र भैरवको ‘यो दिलको मामिला’ बोलको गीत चलचित्र यूनिटले सोमबार सार्वजनिक गरेको छ ।

गीतमा नायक निखिल उप्रेती र नायिका अनु शाहको प्रेमलाई देखाइएको छ । जोहन दरुवाल्लको स्व. रहेको सार्वजनिक गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । चलचित्रमा नेपाल–भारत सिमामा हुने अपराध, अपहरण र लुटपाटका घट्नालाई मुख्य कथावस्तुको रुपमा उतारिएको छ । निखिल उप्रेतीको निर्देशन रहेको चलचित्रको निर्माता पनि उनी आँफै हुन् ।

चलचित्रको मुख्य भूमिकामा नायक निखिल उप्रेती र नायिका अनु शाह रहेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । सँगितमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । यस्तै नगेन्द्र रिजाल, रविनहुड सेन, केशव राई, जयकिशन बस्नेत, मुरलीधर, रतन दारुवालाको पनि अभिनय रहेको छ । उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिनेछन् । चलचित्र भैरवको यस अघि ‘नाच भैरे नाच’ बोलको गीत सार्वजनिक गरिएको थियो ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu