‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ गीत रिलिज



ऋषि लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक डान्सिङ नम्बरको ‘त्यो मिठो जोवन’ बोलको गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ भने रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता केदार घिमिरे र अभिनेत्री वर्षा सिवाकोटी नृत्य गर्दै देखिएका छन् । दुवैलाई प्रेमिल भावमा देख्न सकिन्छ । केदारले रानी बनाउने भन्दै वर्षालाई फकाइरहेका छन् भने वर्षाले मन चोरेर पछि भाग्न नपाइने सर्त राखेकी छन् । उनीहरुको केमेस्ट्री दर्शकलाई रोचक लाग्न सक्छ ।

हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय रहेको छ भने आर्यन सिग्देल विशेष भूमिकामा छन् । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता मधुसुदन शर्मा हुन् ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘माग्ने राजा’मा नरेन्द्र मैनालीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, सामीप्य राज तिमल्सेनाको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, त्सूजील कर्माचार्यको ब्याकग्राउन्ड म्यूजिक तथा दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ । यो चलचित्र पैसाको बलमा आफैंलाई राजा ठान्ने पात्रको कथामा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu