‘होस्टेल रिटर्न्स’को दोश्रो ट्रेलर सार्वजनिक (भिडियो)



hostel-returns

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र ४ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘होस्टेल रिटर्न्स’को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ । झण्डै २ मिनट लामो ट्रेलरमा कमेडी र लभ सिक्वेन्स देख्न सकिन्छ ।

यो चलचित्रलाई यसअघि ‘सायद’ र ‘होस्टेल’ बनाएर सफल रहेका सुनिल रावलले निर्माण गरेका हुन् । चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका छन् । ‘होस्टेल रिटर्न्स’मा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का, अभय बराल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । निर्माता रावल पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।

चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, स्वप्निल शर्माको संगीत, चन्द्र पन्तको एक्सन छ । दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र होस्टेलको सिक्वेल हो ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu