ठुलोपर्दा डटकम, काठमाण्डौ।
असोज १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कमेडी चलचित्र ‘वडा नम्बर ६’को पहिलो गीत र टिजर रिलिज गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ‘वाइयात लभ’ बोलको गीत सार्वजनिक गरिएको गरिएको हो ।
गीत सार्वजनिक गर्दै चलचित्रका कलाकार एवं निर्माता दिपकराज गिरीले चलचित्रबाट दर्शकहरुले भरपुर मनोरञ्जन दिन सक्ने दाबी गरे । उनले भने, ‘चलचित्र ‘वडा नम्बर ६’ हेरिरहँदा दर्शकहरुले कतै पनि असन्तुष्टि व्यक्ति गर्ने छैनन् ।’ उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्की, केदार घिमिरे लगाएतको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिनेछिन् । गीत सार्वजनिक कार्यक्रममा चलचित्रका सम्पुर्ण कलाकारहरुले आफ्नो विचार व्यक्ति गरेका थिए भने उनीहरु चलचित्र उत्कृष्ट बनेको भन्दै सबैले हेर्नु पर्ने बताए ।
उनीहरुले चलचित्रमा काम गर्दा खुबै रमाइलो भएको भन्दै पर्दामा पनि दर्शकले यसरी नै मनोरञ्जन लिने दाबी गरेका छन् । कार्यक्रममा एफ.डी. कम्पनीका प्रदिपकुमार उदय, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, मिडिया हबका प्रमुख सोम धितालले चलचित्रको अग्रिम शुभकामना दिएका थिए ।
चलचित्र ‘वडा नम्बर ६’लाई एफ.डी. कम्पनीले काठमाण्डौ बाहिरका लागि ३५ लाख मिनिमम ग्यारेन्टी दिइसकेको छ ।