किङ्गखानको ‘रईस’ लुक्स्, टिजरमा देखिए यस्ता (भिडियो)



Shahrukh-Khan

बलिउडका किङखान शाहरुख खान अभिनित नयाँ चलचित्र रईसको टिजर र पोस्टर रिलिज भएको छ । २०१६ को इदमा प्रदर्शन हुन लागेको यस चलचित्रको सार्वजनिक २ वटा फष्टलुक पोष्टरमा शाहरुख चस्मा र दाह्री पालेको लुकमा देखिएका छन् ।

बलिउड बादशाह शाहरुखको रईसलाई राहुल ढोलकियाले निर्देशन गरेका हुन्। चलचित्रमा फराहन अक्खतर, रितेश सिधवानी, गौरी खान तथा नवाजुद्दीन सिद्दिकीलाई देख्न पाइनेछ । एक्सेल र रेडचिल्ली इन्टरटेनमेन्को ब्यानरमा निर्माण भएको सो चलचित्रमा शाहरुखका अलावा नवाजुद्दिन र माहिरा खानलाई मुख्य भूमिकामा देख्न पाइनेछ ।

पाकिस्तानी हिरोइन माहिरालाई शाहरुखले बलिउडमा पहिलो प्रवेश गराएका हुन् । २०१६ को इदमा सलमान खानको सुल्तान पनि प्रदर्शनको तयारीमा छ । बलिउडका चर्चित दुई खानको २०१६ मा राम्रै धम्साधम्सी हुने देखिएको छ । तपाईलाई याद रहोस् शाहरुख खानका अधिकाशं चलचित्रहरु दिपावलीमा मात्र प्रदर्शन हुँदै आएका छन् ।
टीजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu