ठुलोपर्दा डटकम, काठमाण्डौ।
कात्तिक १ गते देखी नेपालमा पहिलो पटक ‘ई-टिकटिङ’ लागु हुने भएको छ । चलचित्र विकास वोर्डको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले बताएको छ ।
काठमाडौका अधिकांश मल्टिप्लेक्समा यो ब्यवस्था लागु गरिएतापनि साधारण हलहरुमा यो ब्यवस्था लागु गर्न केहि समय लाग्ने बताइएको छ । तर ‘ई-टिकटिङ’ ब्यवस्था लागु भएसँगै निर्माता तथा वितरकहरुले आफ्नो चलचित्रको व्यापार थाहा पाउन सक्नेछन् । यो निर्णयबारे जानकारी गराउन काठमाडौं भित्र अथवा बाहिरका सञ्चालकहरुलाई केहि दिनपछि काठमाडौमा भेला गराइने बताईएको छ ।
माघ १ गतेबाट भने काठमाडौं बाहिरका सबै हलमा यो सिस्टम लागू हुनेछ । ‘ई-टिकटिङ’ लागु गर्न प्रत्येक हलहरुमा सर्भर र कप्यूटर आवश्यक पर्छ । तर यसमा वोर्डले तत्काल कुनै सहयोग गर्न नसक्ने जनाएको छ ।