सलमानको ‘बजरंगी भाईजान’ले आमिरलाई रुवायो



aamir-khan-cryingशुक्रबारबाट प्रदर्शनमा आएको बलिउडस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजान हेरेर बलिउडका अर्का सुपरस्टार आमिर खान रोएका छन् । शनिवार राति आफ्ना केही साथीसँग सलमान खानको चलचित्र ‘बजरंगी भाईजान’ हेर्न लाइट बक्स थिएटर हल पुगेका आमिर चलचित्र हेरिसकेपछि रुँदै बाहिर निस्केका थिए ।

चलचित्रमा सलमान खानको अभिनय देखेर अमिर खान निकै भावुक भएका थिए । चलचित्र सकिएपछि बाहिर निस्केका अमिर आँसु पुछिरहेको अवस्थामा देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । अमिरले ट्विटमा बजरंगी भाईजानको तारिफ गर्दै सो चलचित्रलाई सलमान खानको अहिलेसम्मकै राम्रो चलचित्र भएको बताए ।

आमिरले आफ्ना शुभचिन्तकलाई बजरंगी भाईजान एकपटक हेर्न आग्रहसमेत गरेका छन् । ट्विट गर्दै अमिरले फिल्म निर्देशक, फिल्मको कथावस्तुको समेत तारिफ गरेका छन् । आमिरले गहभरी आँसु पार्दै पत्रकारहरुसँग भने, ‘सलमानको अहिले सम्म मैले एक्शन प्रधान चलचित्र मात्र हेरेको थिए तर आजसम्म मैले उसको चलचित्र हेरेर रोएको थिईन । यो पहिलो पटक हो सलमानको चलचित्र हेरेर म सिनेमा घर भित्रै रोएँ । अमिर खानको साथमा छोरी इरा र भाई फैजल खान पनिसँगै थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu