बजरंगी भाईजानले टेक्यो सय करोड



bajrangi-bhaijaan-teaser-sa

बलिउडका सुपरस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानले प्रदर्शनमा आएको ३ दिनमा सय करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ ।

गएको शुक्रबारबाट मात्रै देशव्यापी प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन २७.२५ करोड, दोस्रो दिन ३६.५० करोड र तेस्रो दिन आईतबार ३८.५० गर्दै सय करोडमा प्रवेश गरेको छ । यो सम्पुर्ण आम्दानी जोड्ने हो भने चलचित्र बजरंगी भाईजानले १०२.२५ करोडको व्यापार गरिसकेको छ ।

चलचित्रले भारतमा मात्रै यो आम्दानी गरेको हो । भारत भन्दा बाहिर पनि चलचित्रले आक्रामक व्यापार गरिरहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

नेपालमा पनि चलचित्रले २ करोड भन्दा माथि कमाउन सफल भएको वितरक कम्पनी गोपीकृष्ण मुभिजले जानकारी दिएको छ । नेपालमा चलचित्र बजरंगी भाईजान १२० वटा पर्दामा प्रदर्शन भइरहेको छ । एक बालिकाको दुखत कथा, करिनाको सलमानसँग प्रेम सँगै बजंरगी अर्थात सलमान खानले गर्ने पाकिस्तान यात्राको कथालाई चलचित्रले प्रस्तुत गरेको छ ।

यस अघि एक था टाइगर निर्देशन गरेका कबिर खानले यस चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानको पनि लगानी रहेको छ । सलमानसँग यस चलचित्रमा हर्षाली मल्होत्रा, करिना कपुर, नवाजुद्दिन सिद्दिकीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu