भूकम्पपीडितको सहयोगार्थ भरतपुरमा ‘उध्रेको चोली’



udhreko-choli

बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पपछि यति बेला सयौं व्यक्तिहरु घरबार विहिन भएका छन् । यो अबस्थामा सबैंको साथ र सहयोग आबश्यक रहेको बेला नेपाली कलाकारहरु पनि भूकम्पपीडितको सहगार्थ विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

कोहि विदेशमा आयोजना भइरहेका कार्यक्रममा सहभागी भइरहेका छन् भने केहि कलाकारहरु नेपालमा नै आयोजना भइरहेका सास्कृतिक कार्यक्रममा सहभागी हुँदैछन् । त्यहि क्रममा कलाकारहरुको जम्बो टोलीले भूकम्पपीडितको सहयोगार्थ इजी मल्टी ट्रेडले आयोजना गरेको म्युजिकल कार्यक्रममा सहभागीता जनाएका छन् । भरतपुर रिसोर्ट गार्डेनमा भएको कार्यक्रममा नेपालका ख्यातीप्राप्त गायक गायिकाहरुले आफ्नो भव्य प्रस्तुती दिएका छन् ।

राजेशपायल राई, सत्यराज आचार्य, गायिका इन्दिरा जोशी लगायतका गायक गायिकाले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा राजेशपायल राईले फेरि फेरि नाइँ नभन्नु ल, सागरसरी चोखो माया, म त मर्छु कि क्या हो ठूली, दर्शन नमस्ते लगायतका गीतहरु प्रस्तुत गरेका थिए भने गायिका इन्दिरा जोशीले उध्रेको चोली, टुट्यो तारा आकाशमा, जति माया लाए पनि, माछी मारन लगायतका गीत प्रस्तुत गरेकी थिइन ।

त्यस्तै, गायक सत्यराज आचार्यले जहाँ छन् वुद्धका आँखा, तिम्रो ती नसालु आँखाले मार्‍यो, मुटु जलिरहेछ लगायतका गीतहरु प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा नायक शिव श्रेष्ठ लगायतका कलाकारहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा ३ सयभन्दा बढि व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu