एक्शनले भरिएको ‘भैरव’को दोस्रो ट्रेलर (भिडियो)



bhairav-2nd-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ ११ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको नायक निखिल उप्रेतीद्वारा निर्माण, निर्देशन र अभिनय रहेको चलचित्र भैरवको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलो ट्रेलरलाई दर्शकहरुले अत्याधिक मनपराएका कारण चलचित्रको दोस्रो ट्रेलर सार्वजनिक गरिएको बताईएको छ ।

पाँच बर्षपछि कमब्याक भएका निखिलको भैरवको दोस्रो ट्रेलरमा पनि धमकेदार एक्शन देखाइएको छ । चलचित्रमा नेपाल–भारत सिमामा हुने अपराध, अपहरण र लुटपाटका घट्नालाई मुख्य कथावस्तुको रुपमा उतारिएको छ । चलचित्रको मुख्य भूमिकामा नायक निखिल उप्रेती र नायिका अनु शाह रहेका छन् ।

चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । यस्तै नागेन्द्र रिजाल, रविनहुड सेन, केशव राई, जयकिशन बस्नेत, मुरलीधर, रतन दारुवालाको पनि अभिनय रहेको छ । उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिनेछन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu