संविधानको प्रारम्भिक मस्यौदामाथि बोर्ड र कलाकार संघको सुझाव



film-development-boardठुलोपर्दा डटकम, काठमाण्डौ।
संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकको सुझाव लिन प्रत्येक निर्वाचन क्षेत्रमा सार्वजनिक कार्यक्रम सम्पन्न भइसकेको छ । फोन, इमेल, फ्याक्स जस्ता विद्युतीय माध्यमबाट सुझाव टिपाउनेको संख्या पनि उत्तिकै रहेको छ भने संविधानसभा सचिवालय सिंहदरबार पुगेर सुझाव बुझाउनेको लर्को पनि यति बेला बाक्लैं देखिएको छ । त्यहि क्रममा चलचित्र कलाकार संघले पनि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र पूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईलाई सुझाव बुझाएको छ ।

संघका अध्यक्ष नवल खड्काको नेतृत्वमा कलाकारको टोलीले संबिधानको निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी भागको धारा ५५ (ग) को (६) मा उल्लेख भएको व्यबस्था अनुसार साहित्य कला भन्ने शब्द पछाडी राष्ट्रिय चलचित्र भन्ने शब्द समावेश गरियोस् भन्ने माग सहितको सुझब बुझाएका छन् ।

कलाकार खड्काले नेम्बाङ र भट्टराई दुवैले आफूहरुको सुझावलाई गम्भिरता पूर्वक लिएको बताएको जानकारी गराए । निर्देशक यादव खरेल, रविन्द्र खड्का, लक्ष्मी गिरी, उत्तम केसी, हेमन्त शर्मा, योगेन्द्रमणि दाहाल र लक्ष्मण शेष लगायतले संयुक्त रुपमा सुझाव दिएका थिए । त्यस्तैं चलचित्र बिकास बोर्डले पनि मस्यौदाको धारा ५५ मा रहेको राज्यका नीतिहरुमा थप खण्ड थप्दै चलचित्र सम्बन्धी नीति पनि थप्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu