बलिउडमा एक पछि अर्को गर्दै विभिन्न रेकर्ड बनाउँदैं गएको बलिउडस्टार सलमान खान अभिनित चलचित्र ‘बजरंगी भाईजान’ले नेपालमा पनि आक्रामक व्यापार गरिरहेको छ ।
प्रदर्शनमा आएको पहिलो सातामा चलचित्र ‘बजरंगी भाईजान’ले नेपालमा ४ करोड रुपैयाँ ग्रस कमाएको छ । १ सय २० वटा पर्दामा एकसाथ प्रदर्शनमा आएको चलचित्र बजरंगी भाईजानको यो आम्दानीबाट वितरक कम्पनी गोपिकृष्ण मूभिजको खातामा झण्डै डेढ करोड सेयर जम्मा भएको छ ।
गोपिकृष्ण मूभिजले १ करोड २८ लाख रुपैयाँ (९० लाख भारु) मा चलचित्र बजरंगी भाईजानको राइट किनेको थियो। चलचित्रले हालसम्ममा ३ सय करोड भन्दा माथिको व्यापार गरिसकेको छ । तर यो विश्व बक्सअफिसमा संकलन भएको रकम हो ।