बाराक ओबामा र मिचेलमाथिको लभस्टोरीमा चलचित्र ‘साउथ साइड विथ यु’



Barac-obama-and-familyअमेरिकाका राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिचेल ओबामामाथि चलचित्र बन्ने पक्का भएको छ । ओबामाको पहिलो डेटमाथि हलिउड चलचित्र ‘साउथ साइड विथ यु’ बन्न लागेको हो । चलचित्रमा पार्कर सावर्स राष्ट्रपति ओबामाको भूमिकामा देखिएका छन् । टिका सम्पटर मिचेलको भूमिकामा छन् ।

‘द हलिउड रिपोर्टर’का अनुसार यस फिल्ममा रिचर्ड टेनको लेखन र निर्देशन रहेको छ । चलचित्र २०१६ भित्रमा प्रदर्शनमा ल्याउने गरि सम्पुर्ण तयारी थालिसकेको बताइएको छ ।

यस्तो छ बाराक ओबामा र मिचेल ओबामाको लभस्टोरी
विश्वकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिचेल ओबामा को ‘लभस्टोरी’ पनि कुनै चलचित्रको स्टोरी भन्दा कम छैन । यी दुबैको कलेज पढ्दैदेखि भेटघाट भएको थियो भने त्यसै क्रममा प्रेममा परेका थिए ।

बर्ष १९८९ मा उनीहरुको भेट सिकागोमा भएको थियो । ओबामा र मिचेलले हावर्ड यूनिभर्सिटीमा सँगै ल को पढाई शुरु गरेका थिए । तर मिचेल एक बर्ष पहिले नै पास भएर युनिभर्सिटीबाट बाहिरिएकी थिइन् । त्यसको केहि समय उनीहरुबिच भेटघाट नै भएन । ग्रेजुएशन पछि मिशेलले शिकागोकै एक ल फर्ममा काम गर्न थालिन् । फेरी शिकागो नै आएपछि मिचेल र ओबामाको पनि भेट हुन शूरु भयो ।

रोमान्टीक नेचरका ओबामाले मिचेलसँग कैयौँ पटक डेट गर्न कोशिश गरे तर मिचेलले हमेशा इन्कार गर्दै आइन् । लामो समय यसैगरी बितेपछि अन्तत: मिचेल ओबामासँग डेटमा जान राजी भईन् । त्यसको केही समय पश्चात १९९२ मा यी दुईले बिहे गरे ।

ओबामा आफ्नो सफलतामा मिचेलको ठूलो हात रहेको कुरा सार्वजनिक रुपमा नै बताउने गर्दछन् । ओबामा भन्छन्, ‘यदि मैले मिचेललाई प्रपोज गरेको बेला उनले नो भनिदिएको भए आज म अमेरिकी राष्ट्रपती पदमा हुने नै थिइन’ । ओबामा र मिचेलका दुई छोरी छन् । जेठी छोरीको नाम मालिया हो भने कान्छि छोरीको नाम शाशा हो ।

एक अन्तरवार्तामा मिचेलले ओबामा अझै पनि अफयएर चलिरहेको बेला जस्तै रोमान्टिकनै रहने बताएकी थिइन् । ओबामाको समय मिल्ने बित्तिकै परिवारसँग रमाउने बानी आफूलाई मन पर्ने उनले बताएकी थिइन् । केहि समय अगाडि ओबामा र मिचेलको सम्बन्धमा दरार आएको भन्ने समाचार पनि नआएको हैन । तर पनि ति सबै कुरा मान्न तयार छैन मिचेल । बिहेको २५ साल पछि पनि ओबामा र मिचेल एक अर्कालाई उत्तीकै र उहि शैलिमा प्यार गर्ने गर्छन् भन्ने पुष्टी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu