एल.बी. क्षेत्रीको ‘इन्द्रमायाको देशमा’ विमोचन



LB-Chhetri

चितवनमा बसेर साहित्य लेखन, प्राध्यापन र साहित्यिक पत्रकारितामा संलग्न एल.बी. क्षेत्रीको कथासंग्रह ‘इन्द्रमायाको देशमा’ को विमोचन गरिएको छ । शनिवार राजधानीमा आयोजित विमोचन कार्यक्रममा सँसकृतिविद्, नाटककार एवं शताब्दी पुरुष सत्यमोहन जोशीले कथासंग्रहको विमोचन गरेका हुन् ।

यो उनको तेश्रो कृति तथा दोश्रो कथासंग्रह हो । यसअघि २०६४ सालमा पहिलो कथासंग्रह बजारमा ल्याएका क्षेत्रीले हालै एक कवितासंग्रह पनि ल्याएका थिए । कार्यक्रममा साहित्यकारहरु मनिषा गौचन, नयनराज पाण्डे, श्रीओम श्रेष्ठ रोदन, डा. लक्ष्मण प्रसाद गौतमले कथासंग्रहमाथि विवेचना गरेका थिए ।

चितवनमा साहित्यिक बहस तथा कार्यक्रम गर्दै आइरहेको कविडाँडा साहित्यिक समाजको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी जोशीलाई पुष्पगुच्छा, सम्मानपत्र, माला, गैंडाको प्रतिमा तथा दोसल्ला ओढाएर लेखक एल.बी. क्षेत्रीले सम्मान गरेका थिए । जोशीले पनि एल.बीका कथाहरुमा नयाँ शैली र बिम्बमा आएको खुलाए ।

कार्यक्रममा लेखक क्षेत्रीले विश्वसाहित्यका चर्चित पात्र र लेखकबाट प्रभावित भएको बताउँदै कथाहरुमा सामाजिक यथार्थ र नारीप्रतिको सम्मानमा लेखिएको प्रष्ट्याए । साथै उनले कथामा आफु चित्रित भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu