अमेरिकाबाट ‘अझै पनि’को विदेश प्रदर्शन सुरु, अगस्ट १५ मा नेब्रास्कामा प्रदर्शन हुने



नेपालमा २०७१ फागुन १५ गते रिलिज भएको आलोक नेम्बांग निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ले अमेरिकाबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्ने भएको छ । अगस्ट १५ मा अमेरिकाको ओमाहा, नेब्रास्कामा चलचित्र प्रदर्शन हुने टुंगो लागेको छ ।

ओमाहा, नेब्रास्कामा हुने प्रदर्शनको जिम्मेवारी NNS Society ले लिएको छ । यो चलचित्रलाई अमेरिकाभर प्रदर्शनको लागि राज आचार्यले जिम्मा लिएका छन् । नेब्रास्काको प्रदर्शनपछि अमेरिकाका अन्य विभिन्न शहरहरुमा पनि प्रदर्शनमा आउने आचार्यले बताएका छन् ।

नेब्रास्कामा ‘अझै पनि’ हेर्न चाहने दर्शकले राज आचार्यको फोन नं. 484-554-2724 वा [email protected] मा सम्पर्क राख्न सक्नेछन् ।

‘अझै पनि’ विशुद्ध सामाजिक कथामा बनेको चलचित्र हो । यो चलचित्रले काठ क्षेत्रको रहन-सहन, सोच तथा नारीको संवेदना एवं सिन्दुर-पोतेको महत्वलाई प्रकाश पार्छ । आफुले निर्देशन गरेको चलचित्र प्रदर्शनमा नआउँदै निर्देशक नेम्बांगको निधन भएको थियो ।

यो चलचित्रलाई सुदर्शन थापा प्रोडक्शन तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा र सुरक्षा पन्त को प्रमूख अभिनय छ भने पुष्प खड्का, प्रमिला खनाल, विशाल ढुंगाना, विजय लामा, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक लगाएतले पनि अभिनय गरेका छन् ।

रामशरण पाठकको लेखनमा बनेको ‘अझै पनि’मा महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी तथा सचिन सिंहको संगीत रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्  भने सम्पादन प्रितम पाण्डेको रहेको छ ।

विदेश प्रदर्शनको लागि तीन नयाँ पोस्टर पनि सार्वजनिक भएका छन् ।
Ajhai-Pani-2
Ajhai-Pani-3
Ajhai-Pani-1

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu