पेजथ्री सेलिब्रेटी फुटसल सम्पन्न



page-3-futsal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालभाषाको पाक्षिक पत्रिका ‘पेज थ्री’को २०० अंक पुरा भएको अवसरमा हालैमात्र पेजथ्री सेलिब्रेटि फुटसल खेल सम्पन्न भएको छ ।

सो फुटसल खेलमा अग्रज ब्यक्तित्वहरु मल्ल के. सुन्दर, नरेशबीर शाक्य, निर्जल श्रेष्ठ, राजेन्द्रमान शाक्यको साथमा हिसिला महर्जन, भिन्तुना जोशी, आशिष्मा नकर्मि, मणिराज लवट, रवि डंगोल, राजु महर्जन, सुरेन्द्र तुलाधर, सुरेन्द्र मानन्धर, रामकृष्ण खड्गी, भोगेन्द्र मानन्धर लगायतका सिने कलाकारहरुको सहभागिता रहेको थियो ।सोहि फुटसल खेलमा राजभाइ सुवाल, सुजीव बज्राचार्य, सुरेशकिरण मानन्धर, रविन साय्मि, मनोजरत्न शाहि, दर्शनवीर शाक्य, अनुपशाक्य र विजयरत्न असंबरे लगायतका पत्रकारहरु पनि फुटसलमा सहभागी भएका थिए ।

पकनाजोलस्थित कुमारी फुटसलमा सम्पन्न सो खेलमा संचारकर्मी बिराजकाजी राजोपाध्यायले कमेन्टेटरको भूमिका निर्वाह गरेकाथिए । खेलका सहभागीहरुलाई मायाको चिनो स्वरुप पदक प्रदान गरीएको थियो । साथै विभिन्नप्र कारले खेललाई सहयोग प्रदान गर्नुहुनेहरुलाई पनि मायाको चिनो प्रदान गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu