मिस प्लस टु नेपालमा ३० प्रतियोगी



miss-plus-2

प्लस टुमा अध्ययन गरिरहेका युवतीहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि गत वर्षबाट ‘मिस प्लस टु नेपाल’ प्रतियोगिता सुरु गरिएको छ । युहान इन्टरनेसनल इभेन्ट प्रा.लि.द्धारा आयोजित यो प्रतियोगिताको दोस्रो सास्करण ‘मिस प्लस टु नेपाल-२०१५’को लागि ३० जना प्रतियोगी चयन भएको छन् ।

प्रतियोगीहरुको लागि प्रशिक्षण कार्यक्रम दुई साता अघिबाट सुरु भएको आयोजक सास्था युहान इन्टरनेसनल इभेन्ट प्रालिकी अध्यक्ष संजिता श्रेष्ठले जानकारी गराईन् । ती प्रतियोगीहरुका निशा थापा क्षत्री, सागरिका मल्ल, निसा सुनार, सुविधा न्यौपाने, नितु भण्डारी, कौसल्या परियार, अखिम तामाङ, समीक्षा भट्टराई, स्मृति घिमिरे, ज्ञान मञ्जरी पौडेल, अञ्जना लामा, प्रीया ढकाल, सविना गुरुङ, सजना सिग्देल रहेका छन् ।

यस्तै निशा घलान तामाङ, शोभा लम्साल, उपसना गुरुङ, स्वरुपा खत्री, पुजा दौलिया, कृतिकिरण पाण्डे, रोशना रामुदामु, रञ्ज दाहाल, सितु श्रेष्ठ, रोजी कार्की, सन्ध्या पन्त, स्नेहा पौडेल, अपेक्षा धिताल, प्रकृति तुलाचन, आरती खड्का र आाचल दवाडी रहेका छन् ।

प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले व्यक्तित्व विकाश सहित विभिन्न प्रशिक्षण दिईरहेका छन् । उनीहरुलाई प्रशिक्षणको अबधिमा जुम्बा, स्विमिङ, मिडिया क्लास सहित विभिन्न विषयमा प्रशिक्षण दिने क्रम जारी रहेको आयोजक सास्थाका प्रबन्ध निर्देशक सानु खानले जानकारी गराए ।

मिस प्लस टु नेपालको चयन आगामी २२ साउनमा राजधानीको जमल स्थित नाचघरमा हुने छ । प्रतियोगितकी बिजेताले उपाधिसँगै क्राउन, विभिन्न उपहार र उच्च शिक्षाको लागि छात्रबृत्ति प्राप्त गर्नेछन् । पहिलो सँस्करणमा सुप्रिया हमालले यो उपाधि जितेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu