भाईजानले कमायो १० दिनमा २४१ करोड



bajrangi-bhaijan-mudda

बलीडस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानले प्रदर्शनमा आएको १० दिनमा २४१ करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ । यसअघि सबभन्दा छिटो २०० करोडमा पुग्ने पिके र धुम ३ लाई पनि नौ दिन लागेको थियो ।

चलचित्र बजरंगी भाईजानमा सलमान खानको स्टार पावर, बालकलाकार हर्षाली मल्होत्राको अभिनय, कलाकार नवाजुद्दिन सिद्धिकीको कमेडी शैलीले चलचित्रले १० दिनमा २४१ करोड भन्दा माथिको व्यापार गर्न सफल भएको चलचित्र विश्लेषकहरुले बताएका छन् । पहिलो हप्ता १ सय ८४ करोड कमाएको यो चलचित्रले शुक्रबार १३ करोड, शनिबार १९.२५ करोड र आइतबार २४ करोडको व्यापार गर्दै ‘बजरंगी भाइजान’ले २ सय ४१ करोड कमाएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रले अबको केहि दिन भित्रमा नै ३ सय करोडको व्यापार गर्ने बताएका छन् । यो चलचित्रको व्यापारको अगाडी बलिउड स्टार आमिर खान र शाहरुख खान समेत पछाडी परेका छन् । एक बालिकाको दुखद कथा, करिनाको सलमानसँग प्रेम सँगै बजंरगी अर्थात सलमान खानले गर्ने पाकिस्तान यात्राको कथालाई चलचित्रले प्रस्तुत गरेको छ । यस अघि एक था टाइगर निर्देशन गरेका कबिर खानले यस चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानको पनि लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu