भूकम्पपीडितलाई गायक राजु लामाको सहयोग



raju-lama-help-news

राजु लामा फाउन्डेसनले काभ्रेपलाञ्चोकमा रहेका भूकम्प प्रभावित विभिन्न सातवटा विद्यालयमा स्टेसनरी सामग्री वितरण गरेको छ ।

गायक लामाद्वारा स्थापित उक्त फाउन्डेसनले जिल्लाको रोशी उच्चमाध्यमिक विद्यालय, कानपुर उच्चमाध्यमिक विद्यालय, गौतमनाथ प्राथमिक विद्यालय, कालीजङ्ग प्रावि, खडादेवी प्रावि, अमरनाथ प्रावि र भगवति प्राविमा करिब एक हजार ५०० विद्यार्थीका लागि रु एक लाख बराबरको कापी, पेन्सिल र डटपेन वितरण गरेको हो । भूकम्पगएपछि विदेशमा आयोजना भएका नेपालका भूकम्पपीडितको सहयोगार्थ विभिन्न सांस्कृतिक कार्यक्रममा गायक राजु सहभागी भएका थिए । त्यहि क्रममा अमेरिकाको न्युयोर्कमा गरेका विभिन्न कार्यक्रम गरी सङ्कलन गरेको रकम शिक्षा क्षेत्रमा लगानी गरेको गायक लामाले जानकारी दिए ।

सो कार्यक्रमबाट झन्डै ३५ हजार डलर सङ्कलन भएको थियो । उनका अनुसार त्यसमध्ये रु १७ लाख सिन्धुपाल्चोकमा झोलुङ्गे पुल बनाउन र अन्य केही विद्यालयमा लगानी भएको बताए । उनले भने -‘अझ भूकम्पपीडितका लागि सहयोग गर्ने मनसाय बनाएको छु ।’ ‘देश र विदेशमा आयोजना हुने कार्यक्रमबाट उठेको रकम भूकम्पपीडितलाई दिने सोच बनाएको छु’ गायक राजु लामाले अगाडी भने ,’भूकम्पपीडितको अबस्था हेरेर मेरो मन निकै रोएको छ त्यसैंले यो अबस्थामा हामी सबैंको खाँचो भूकम्पपीडितका लागि रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu