भूकम्पपीडितको सहयोगार्थ अस्ट्रेलियामा ‘बोक्सी’ देखाइने



boksi-in-australia

नेपाली समाजमा भएको बोक्सी सम्बन्धी पुरातनवादी भ्रमको बिषयमा निर्माण भएको नेपाली चलचित्र ‘बोक्सी’ अष्ट्रेलियामा विशेष प्रदर्शन गरिने भएको छ ।

भूकम्पका कारण दुर्गम क्षेत्रमा भत्किएका विद्यालय पुनर्निर्माणका लागि सहयोग जुटाउन अस्ट्रेलियाको क्यानबेरामा चलचित्रको विशेष प्रदर्शन गरिन लागेको निर्देशक गोपालचन्द्र लामिछाने जानकारी दिए । क्यानबेरास्थित संग्रहालयको आर्क सिनेमा हलमा अगस्ट १४ (साउन २९) मा चलचित्र प्रदर्शन हुने अस्ट्रेलियन क्यापिटल टेरीटोरीका सहसंयोजक प्रदीप तिमिल्सिनाले जानकारी दिएका छन् । तिमिल्सिनाका अनुसार सहयोगका लागि प्रदर्शन गरिने चलचित्र हेर्न १५ डलर र २० डलर गरी दुई किसिमका टिकटको व्यवस्था गरिएको छ ।

छिमेकीले जन्म दिने आमालाई बोक्सी भनेपछि अवोध बालकमा पर्ने मानसिक असरलाई देखाउँदै अन्त्यमा मानसिक रोगले नै उक्त बालकको मृत्यु भएको कथा चलचित्रले समेटिएको छ । नाट्य सम्राट बालकृष्ण समद्वारा ६५ वर्षअघि लिखित एकाङ्की नाटकमा निर्माण भएको बोक्सी विशेष गरेर अभिभावक, शिक्षक तथा बालबालिकामा लक्षित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu