हर्षाली मल्होत्राको सम्पूर्ण पढाई खर्च सलमानले जिम्मा लिए



Salman-and-Harshali

‘बजरंगी भाईजान’की मुन्नी अर्थात हर्षाली मल्होत्राको पढाई खर्च बलीउडस्टार सलमान खानले जिम्मा लिएका छन् । भारतिय संचारमाध्यमका अनुसार सलमानले हर्षालीको जीवनभरको पढाई खर्च व्यहोर्नेछन् ।

यसअघि नै सलमानले हर्षालीलाई चलचित्रमा अभिनय गरेको पारिश्रमिक बाहेक डेढ करोड भारु. दिईसकेका छन् । सलमानले चलचित्रको भूमिका जस्तै वास्तविक जीवनमा पनि हर्षालीको जिम्मेवारी लिएका हुन् ।

६ मार्च २००८ मा मुमबईमा जन्मिएकी हर्षालीले ‘बजरंगी भाईजान’बाट चर्चा पाएकी छिन् । चलचित्रमा सलमानको भन्दा उनको अभिनयलाई तारिफ गरिएको छ । हर्षालीले यसै चलचित्रबाट अभिनयमा डेब्यू गरेकी हुन् । उनि विपुल मल्होत्रा तथा काजल मल्होत्राकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu