आकाशले बनाउने भए ‘के म तिम्रो होइन र ?’



Aakash-Adhikari

ठुलोपर्दा डटकम, काठमाण्डौ।
व्यापारिक रुपमा २०७१ को सर्वाधिक सफल चलचित्र कोहिनूरमा रहेको ‘के म तिम्रो होइन र ?’ बोलको गीत हेर्नु र सुन्नु भएको छ होला । हो अब सोहि र्शिषकमा रहेर चलचित्र निर्माण हुने भएको छ ।

चलचित्र कोहिनूरकै निर्देशक आकाश अधिकारीले ‘के म तिम्रो होइन र ?’ नामक चलचित्र निर्माण गर्ने भएका छन् । भदौ २१ गतेबाट छायांकनमा जाने तयारी भइरहेको चलचित्र ‘के म तिम्रो होइन र ?’ मा नायक नायिकाको समेत छनोट भइसकेको आकाशले जानकारी दिएका छन् ।

चलचित्रमा आफ्नै भतिज आर्यन अधिकारी मुख्य भुमिकामा रहने गरि नायिकामा मरिस्का पोखरेललाई आकाशले अनुबन्धित गरिसकेका छन् । केहि दिन भित्रमा नै पत्रकार सम्मेलन गरेर अधिकारिक जानकारी दिने सोचमा रहेका आकाशले नै यो चलचित्रलाई निर्देशन गर्नेछन् । साथै उनको कम्पनी स्काइ मुभिज र अधिकारी ब्रदर्शको ब्यानरमा चलचित्र निर्माण हुनेछ । निर्मातामा भने आकाशका अर्का भतिज सुरेश अधिकारी रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu