सलमानलाई भनेँ, ‘हजुर जस्तै बन्न मन छ’ : हर्षाली मल्होत्रा (अन्तरर्वार्ता)



harshalo-malhotra

बलिउडस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानको यति बेला चौतर्फी चर्चा छ । चलचित्रको व्यापारले एकपछि अर्को गर्दै बलिउडमा नयाँ रकेर्ड राखिरहँदा सोहि चलचित्रमा अभिनय गर्ने बाल कलाकार हर्षाली मल्होत्राको तारिफ चलचित्र बजरंगी भाईजान हेरेपछि सबैंले गरेका छन् । उनी चलचित्रको अन्तिममा मात्र सलमानलाई मामा भनेर बोलाएको सुन्न सकिन्छ तर चलचित्रभर नबोलिकन नै हर्षाली मल्होत्राले सबैलाई पर्दामा रुवाउन सफल भएकी छिन् । उनै हर्षाली मल्होत्रासँग भारतिय सञ्चार माध्यम आज तकले गरेको कुराकानी :

१. जब तिमीलाई सलमान खानसँग फिल्म खेल्दैछु भन्ने थाहा भयो त्यति बेला तिमीलाई कस्तो भयो ?
म निकै उत्सुक र खुसी भएको थिए ।

२. सलमान खान कस्तो हुनुहुन्छ ?
निकै राम्रो ।

३. सलमान खानसँग कतिको रमाइलो गर्यौ तिमीले ?
धेरै, मैले सलमानसँग टेबल टेनिस खेले, एटीवी राइड गरे र हामीले धेरै रमाइलो गर्यौँ ।

४. चलचित्र बजरंगी भाईजानको छायांकन हुँदा तिमी कुन कुन ठाँउमा घुम्न गयौ ?
दिल्ली, करजत, राजस्थान, पंजाब र कश्मीर ।

५. अनि सबैभन्दा राम्रो ठाँउ कुन लाग्यो ?
कश्मीर र पंजाब ।

६. कश्मीरमा के के गर्यौ ?
मैंले कश्मीरमा स्नो (बर्फ) मा खेलेको थिए ।
salman-harshali

७. अनि तिम्रो साथमा स्नोमा खेल्न को को हुनुहुन्थ्यो ?
कबीर अंकल (निर्देशक कबीर खान) र नवाज (नवाजुद्दीन सिद्दीकी) अंकलको साथमा खेलेको थिए ।

८. तिमीले नवाज र सलमान अंकलको पीठमा पनि चडेकी थियौ ?
हो चडेको थिए । नवाज र सलमानको पीठमा चड्दा निकै मज्जा आयो ।

९. सलमान खानलाई पहिलो पटक देखेपछि तिमीले के भन्यौ ?
सलमान खानलाई पहिलो पटक देखेपछि मैले तपाई जस्तै सुपरस्टार बन्न चाहन्छु भनेको थिए ।

१०. फिल्म भन्दा अरु के के गर्न मन लाग्छ ?
डान्स गर्न मन पर्छ ।

११. फिल्ममा को को राम्रो लाग्यो ?
सलमान अंकल, करीना आन्टी, नवाज अंकल ।
                                                                                          आज तक डट इनबाट अनुवाद गरिएको ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu