‘नेपाली चलचित्रमा पनि विदेशी लगानी भित्राउनु पर्छ’: यादव खरेल



Yadav-Kharel

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘लोभी पापी’, ‘प्रेमपिण्ड’, ‘नासो’, ‘हत्तेरी’ र ‘आदिकवि भानुभक्त’ लगायतका चलचित्र निर्देशन गरेका बरिष्ठ चलचित्र निर्देशक यादव खरेलले अहिलेको चलचित्रको अवस्थामाथि टिप्प्णी गरेका छन् ।

शिल्पी थियटरमा आयोजित ‘द मुभिज क्लब’ नामक अन्तरक्रिया कार्यक्रममा उनले नेपाली निर्देशकले मौलिक कथावस्तु छान्न नसक्नुले विस्तारै नेपाली चलचित्रको स्तर खस्कदै गएको बताएका छन् । उनले अहिलेका यूबा निर्देशकहरुले प्रयोगात्मक चलचित्र बनाउने क्रममा मौलिक कथालाई ध्यान दिए पनि नेपाली समाजभित्रका मुद्दाको गहिरो अध्ययनको अभावले नयाँ पुस्ता पनि चलचित्र निर्माणमा असफल भएको बताए । उनले भने -‘पहिला हामीलाई डिजिटलभन्दा सेलुलाइडमा काम गर्न ग्राहो थियो ।

कथावस्तु र प्राविधिक दुवैलाई एकसाथ ध्यान दिनुपर्दा दुःख र चुनौती धेरै भए पनि नयाँपन दिन्थ्यौं’, खरेलले अगाडी भने ‘तर अहिले पढेर आएका युवा पुस्ताले नेपाली चलचित्रमा नयाँपन दिन सकेका छैनन् ।’ उनले स्वतन्त्र रुपमा चलचित्र बनाउनु पाउनुपर्नेमा जोड दिएका थिए । ‘स्वतन्त्र रुपमा गरेको कामको प्रतिफल राम्रो हुन्छ । चलचित्रको तयारीदेखि रिलिज गर्दासम्म निर्देशकले धेरै समस्या झेल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सिर्जनात्मक चलचित्रहरु बन्न ग्राहो परिरहेको छ । तत्काल चलचित्रको बाढी आएपछि भविष्यमा गुणस्तर चलचित्रहरु निर्माण हुनेछन्’, खरेलले अगाडी थप्दै भने ‘नेपाली चलचित्रमा पनि विदेशीको लगानी भित्राउन अब यूवा पुस्ताले पहल गर्नु पर्छ । नेपालमा अन्तर्राष्ट्रिय चलचित्रहरु सुटिङ भइरहेको छ । ती सुटिङबाट नेपाली चलचित्रकर्मीले समेत फाइदा लिने वातावरण बनाउन सक्नुपर्छ ।’

लन्डन युनिर्भसिटीबाट फिल्म निर्देशन र निर्माणमा स्नातक उनले २७ वर्षअघि चेलीबेटी चलचित्र निर्देशन गरेर नेपाली चलचित्रक्षेत्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu