‘दिलवाले’मा यस्तो हुनेछ शाहरुख र काजोलको रोमान्स



Dilwale-1बलिउडको निकै चर्चित जोडी अभिनेता शाहरुख खान र चर्चित अभिनेत्री काजोल देवगन लामो समयपछि पुन एकसाथ पर्दामा देखिदैंछन् । यो जोडीलाई बलिउडकै सर्वाधिक रुचाइयो जोडीको रुपमा लिइन्छ ।

कुछ कुछ होता है, कभी खुसी कभी गम, दिलवाले दुल्हनिया ले जायंगे, बाजिगर लगायतका चलचित्रमा एकसाथ देखिएको यो जोडीलाई अझै पनि दर्शकले भुल्न सकेका छैंनन् । त्यसैले पनि यो जाडीलाई पुन दर्शकहरुले एउटै पर्दामा एकसाथ हेर्न चाहेका थिए र त्यो दर्शकको कामना आउँदो डिसेम्बरमा पुरा हुँदै छ ।

बलिउडकै सर्वाधिक बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘दिलवाले’को यति बेला छायांकन अन्तिम चरणमा रहेको छ । छायांकनमा जानुभन्दा अगाडी देखी विभिन्न कारणले चर्चामा रहेको चलचित्र ‘दिलवाले’ को एक तस्विर सार्वजनिक भएको छ । शूटिंग भइरहेको ताजा फोटो एसआरकेले आफ्नो ट्विटर मार्फत बाहिर ल्याएका छन् ।

सार्वजनिक फोटोमा शाहरुख र काजोलको रोमान्टिक प्रेम देख्न सकिन्छ । डुब्दै गरेको सूर्यको किरणलाई बैकग्राउंड बनाएर बाहिर आएको शाहरुख र काजोलको यो तस्विरले फेरी एक पटक हंगामा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu