नेफ्टा अवार्ड विवादित बन्दैन: मनोज केसी (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको आठौँ नेफ्टा फिल्म अवार्डको यति बेला व्यापक तयारी भइरहेको छ । कतारमा हुन लागेको आठौँ अवार्डको उत्कृष्ट ५ नोमिनेशन पनि सार्वजनिक भइसकेको छ ।

यहि समयमा चलचित्र विकास बोर्डले वितरण गरेको राष्ट्रिय चलचित्र पुरस्कार समेत बिवादबाट टाढा रहन नसकेको अवस्थामा धेरै पटक नेफ्टा अवार्डमाथि पनि औँला ठडाउने काम भइसकेको छ तर पनि नेफ्टाले लगातार रुपमा अवार्ड कार्यक्रम भने विदेशी भूमिमा आयोजना गरिरहेको छ । यो विषयमा चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी भन्छन्, ‘हामीले कहिल्यै पनि नेफ्टा अवार्डमा यो मेरो मान्छे यो तेरो मान्छे यो भनेर भन्दैनौँ । अहिले आठौँ अवार्डको लागि ६ जना जुरी हुनुहुन्छ र उहाँलाई नै हामीले सम्पुर्ण जिम्मेवारी दिएका छौँ । त्यसैले नेफ्टा अवार्ड सँधै पारदर्शी र निष्पक्ष रहन्छ ।’

Manoj-KC

ठुलोपर्दा डटकमसँगको विशेष कुराकानीमा उनले अगाडी भने, ‘बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि नेपाल असुरक्षित छ भन्ने अनेकथरी भ्रमहरु विश्वमाझ फैलिरहेको अवस्थामा हामी आठौ नेफ्टा फिल्म अवार्डबाट नेपाल सुरक्षित छ भन्ने सुन्देश दिनेछौँ ।’ नेफ्टाले चलचित्र क्षेत्रको विकासका लागि यो अवार्ड आयोजना गरेको पनि अध्यक्ष मनोज केसीले बताए ।

अवार्ड आयोजना गरिरहँदा खुट्टा तान्ने प्रवृतिले नै गाह्रो हुने गरेको अध्यक्ष केसी बताउँछन् । उनी भन्छन्, ‘सबै चिज मिलिसकेको हुन्छ तर खुट्टा तान्ने मान्छेहरुले काहिले काहिँ बाधा अडचन ल्याइदिन्छन् । हामीले यि कुरा गत बर्षहरुमा पनि अनुभव गरिसकेका छौँ र अहिले पनि त्यस्ता किसिमका चलखेलहरु भइरहेका छन् तर हामीले ति कुराहरुलाई वास्ता गर्दैनौं ।’ अन्तराष्ट्रिय कलाकार मञ्च कतारको भूमिकाको विषयमा बोल्दै अध्यक्ष केसी अगाडी भन्छन्, ‘अन्तराष्ट्रिय कलाकार मञ्च कतारले आठौ नेफ्टा फिल्मी अवार्ड सम्पन्न गर्न सम्म निकै महत्वपूर्ण योगदान रहन्छ । किनकी उसले खाने, बस्ने, हल देखी लिएर सम्पुर्ण काम गर्दैछ ।’

यसअघि नेफ्टाले नेपालबाहिर मलेसिया र हङकङमा अवार्ड आयोजना गरिसकेको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu