बलिउडस्टार अक्षय कुमार निर्देशक रोहित धवनको नयाँ चलचित्र ‘ढिशुम’मा एक फरक भुमिकामा देखिने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अक्षय कुमार पहिलो पटक चलचित्रको पर्दामा समलिंगीको भुमिकामा देखा पर्दैछन् ।
यस चलचित्रमा वरुण धवन, जोन अब्राहम र जैकलीन फर्नांडिस पक्का भइसकेका छन् भने अक्षयलाई पनि आफ्नो भुमिका मन परिसकेको तर पक्का भने अहिले सम्म नगरिसकेको बताइएको छ । अन्य चलचित्रको व्यस्त सेडुल भएका कारण यस चलचित्रलाई अक्षयले समय दिन नसक्ने खबर पनि बाहिरिरहेको छ तर आधिकारिक रुपमा भने अक्षयले यो चलचित्र छोडिसकेका छैंनन् ।
अक्षयले यस अघिपनि रोहितको डेब्यू चलचित्र ‘देसी बोयज’ मा काम गरिसकेका छन् । त्यस्तैं जोनसँग पनि अक्षयले यस अघि एक चलचित्रमा एकसाथ देखिसकेका छन् भने नायिका जैकलीनसँग चलचित्र ‘ब्रदर्स’मा अक्षयले काम गरिसकेका छन् ।