गायिका ज्योति मगर भन्छिन, ‘मान्छे सेक्सको पछाडी मात्रै दौडिन्छ त म के गरुँ ?’



Photo: Glamour Nepal
Photo: Glamour Nepal

गायिका तथा हट मोडेलका रुपमा आफ्नो सेंक्सी छवी बनाएकी ज्योती मगरले आफुलाई आफ्नो बाबुजस्तो लोग्ने नचाहिने बताएकी छिन् । एक अनलाइनसँग कुराकानी गर्दै दोहोरी गायिका मगरले त्यस्तो बताएकी हुन् । वास्तबमा यि गायिका आफ्ना गीत संगीतको चर्चाबाट भन्दा पनि शरिर र उनले लाउने गरेका पहिरनबाट बढी हुन थाले पनि यो अन्र्तवार्तामा उनले आफुलाई र आफ्नो मनको भारी बिसाउने गरी आँसु पोखेकी छिन् ।

लोक गायिका भएर फिल्मका हिरोइनले भन्दा पनि छोटा लुगा लगाएको भन्दै उनको आलोचना हुने गरे पनि उनले पछिल्लो समय आफ्नो भोगाइमा सर्ट फिल्म बनाउने इच्छा अन्र्तवार्तामा देखाएकी छिन् । अन्र्तवार्ताका क्रममा उनले आफुले शरीर मात्रै देखाएर हिट नभएको भन्दै आफुभित्र असिमित प्रतिभा समेत भएको जनाएकी छिन् । उनले भनेकी छिन् स्टेजमा मान्छेहरु यत्तिकै ज्योती मगरको शरिर हेर्नै आउने होइन नि। गीत सुनेर, अदा हेरेर तालि बजाउने हुन् ।

शरिर देखाको भरमा हिट हुने भए त जोकोहीलाई छोटा लुगा लगाएर स्टेजमा पठाए भैगो नि। मलाई ‘एक्स्पोजर’ भन्छन् तर, म आफूलाई राम्रो ‘पर्फमर’ हूँ भन्छु । मान्छेहरुले ज्योती मगर देखाको भरमा हिट भइ भन्छन् तर, मलाई त्यो कुरा गलत सावित गर्नुछ उनले भनेकी छिन् । अन्र्तवार्ताका क्रममा उनले आफ्नो संर्घषपूर्ण वाल्ययउकालका विषयमा पनि खुलेर बोलेकी छिन् । उनले आफु एकदमै द्वन्द भएको परिवारमा हुर्केको , बुवा एकदमै रक्सी पिउने हुनाले अन्य महिलाहरुसँग पनि उहाँको सम्बन्ध भएको समेत बताएकी छिन् । हरेक युवतीहरु आफ्नो लोग्ने आफ्नो बाउजस्तो होस् भन्ने सोच्छन् तर ज्योतीले भने मेरो लोग्ने मेरो बा जस्तो नहोस् भन्ने कामना गरेकी छिन् ।

अन्र्तवार्ताका क्रममा उनलाई फेसबुकमा कतिले तपाईंलाई ‘सन्नीं लियोन’ भन्दा रैछन् भन्ने प्रश्नमा उनले त्यस्तो सुन्दा चित्त दुख्ने बताएकी छिन् । उनले भनेकी छिन् यो आ–आफ्नो हेराई हो । कमेन्ट गर्नेहरु पनि नराम्रा होइनन् । त्यही कमेन्टबाट उनीहरुको लेभल थाहा हुन्छ । अर्को कुरा, जसले सन्नीं लियोन हेरेको हुन्छ उनीहरुले नै सन्नीं लियोन भन्ने हो । राम्रो भन्न त माधुरी दिक्षित मात्र हेरेको हुनुपर्‍यो नि। उनीहरुले एकछिनको लागि भडास निकालेको हो कि जस्तो लाग्छ । तर, अन्तिममा माया गर्ने उनीहरु नै हुन् । टिकट काटेर आउने उनीहरु नै हुन् । हाम्रोमा भन्ने एउटा हुन्छ, ‘थट’ अर्कैतिर हुन्छ ।

भन्नै नमिल्ने अश्लिल शब्द भन्दा मेरो मन पनि रुन्छ म पनि कोमल मन भएको छोरी मान्छे हो, चित्त दुखिहाल्छ । अनि त्यो भन्दा बढी अगाडी ज्योती तिमी राम्री, तिम्रो गीत राम्रो भन्ने अनि पछाडी ज्योति त यस्तो या त्यस्तो भन्दा धेरै चित्त दुख्छ । ज्योती मगरको नीजि कुरा भन्ने बित्तिकै ‘सेंक्स’ सँग नै किन जोडिएको होला त ? भन्नै प्रश्नमा उनले त्यो आफ्नो गल्ती नभएको बताएकी छिन् । मिडियाको पनि गल्ती होइन । म एउटा उदाहरण दिन्छु, मेरो ‘पिरतीमा दम छ’ भन्ने गीतमा पाँच लाख लाख भ्यु छ, त्यही गीतको ‘सेंक्सी भिडियो बाइ ज्योती मगर’ भन्नेमा तेब्बर भ्यु छ । अब भन्नुस् कसको गल्ती हो रु आजको मान्छे सेंक्सको पछाडि आँखा चिम्लेर दौडिन्छ त म के गरुँ ?

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu