छायाछबीले ‘दोस्रो तीज म्युजिक अवार्ड’ गर्ने



Teej-Music-Awards

महिलाहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर छायाछबी क्रियसनले ‘दोस्रो तीज म्युजिक अवार्ड’ आयोजना गर्ने भएको छ । बुधबार अवार्डका सदस्य सचिव गीता अधिकारीद्वारा जारी प्रेस विज्ञप्तीमा ११ विधामा तीज अवार्ड गर्न लागिएको उल्लेख गरिएको छ ।

तीजको अवसरमा सार्वजनिक गरिने तीज गीतको संख्या करीव २०० भन्दा पनि माथि हुने गरेको र यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहन बाट वञ्चीत भएको जनाउदै यस अवस्थालाई मध्यनजर गर्दै छायाछबी क्रियसनले तिज म्युजिक अवार्डको आयोजना गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

दोश्रो तीज म्युजीक अवार्ड ०७२ का लागि तीजका गीतका श्रष्टाहरुले उत्कृष्ट गीत, गायीका, गायक, भाका, शब्द, एरेञ्जर, भिडियो निर्देशक, मोडल (महिलां/पुरुष), छाँयाकार, सम्पादक विधामा भाद्र १५ भित्र दर्ता गर्नु पर्ने आयोजकले जनाएको छ । अवार्ड आगामी भाद्र २४ गते राजधानीमा आयोजना गरिने पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu