सकियो ‘रेफ्युजी’



refugee

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्देशक उदय सुब्बाको चलचित्र रेफ्युजीको सम्पुर्ण छायांकन सकिएको छ । चलचित्रको छायांकन सकेर सम्पूर्ण युनिट काठमाडौं आइपुगेको छ । इलाम, झापा, मोरङका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रमा जीवन लुइँटेल, रिस्ता बस्नेत, नीर शाह, अशोक शर्मा, सुरवीर पण्डित, विपना बस्नेत, सञ्जय न्यौपानेलगायतले अभिनय गरेका छन् ।

चलचित्रलाई आगामी माघे संक्रान्तिमा ल्याउने निर्देशक सुब्बाले बताए । चलचित्रको बिहिबारबाट बागबजारस्थित सिनेजोन स्टुडियोमा सम्पादन सुरु हुँदै छ । यो चलचित्रमा अभिनेता जीवन लुइँटेलले आफ्नो देश फर्कने आशामा तेस्रो मुलुक नगएर भुटानी शरणार्थीको रूपमा झापामै बसी संघर्ष गरिरहेको युवाको भूमिका निर्वाह गरेका छन् ।

मनोजराज बान्तवा राई र दीपेश सुब्बाले निर्माण गरेको यो चलचित्रको द्वन्द्व निर्देशकमा राजु किराँती, नृत्य निर्देशकमा दिनेश पाख्रिन, संगीतकारमा विकास चौधरी, गीतकारमा उदय सुब्बा र डब्बु क्षत्री रहेका छन्

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu