मंसीर १८ बाट ‘चकलेट’ आउने



pujana-chocolateठुलोपर्दा डटकम, काठमाण्डौ।
हङकङमा प्रदर्शन भइसकेको नेपाली चलचित्र चकलेटको अफिसियल प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अब चलचित्र आउँदो मंसीर १८ गते देखी देशव्यापी लाग्ने भएको छ । चलचित्रकी नायिका तथा निर्मात्री समेत रहेकी पूजना प्रधानका अनुसार चलचित्रको आधिकारिक रुपमै प्रदर्शन मिति सार्वजनिक गरिएको जानकारी दिइन् ।

हङकङमा रेडकार्पेट प्रिमियर शोको आयोजना गरेपछि निकै रुचाइएको चलचित्र चकलेट अझै ११ वटा देशमा प्रदर्शन हुने बताइएको छ । हाँस्य कलाकार निर्मल शर्मा निर्देशित चलचित्र चकलेटमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ । चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

सडक बालबालिकाको कथालाई उठान गरिएको चलचित्र चकलेट एक पटक सबैले हेर्नु पर्ने नायिका पुजनाले बताएकी छिन् । सडक बालबालिकाको अवस्थालाई चित्रण गरेका कारण चलचित्रले सबै बर्गका दर्शकको मन छुने पुजनाले विश्वास व्यक्त गरेकी छिन् । त्यस्तै चलचित्रका निर्देशक निर्मल शर्मा ‘गैँडा’ले आफ्नो निकै मेहेनत गरेर चलचित्र निर्माण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu