५०० करोड कमाएको ‘बाहुबली’का ५ गल्तीहरु



निर्देशक एसएस राजामौलीको चलचत्र ‘बाहुबली’ले बक्सअफिसमा धेरै रेकर्ड तोडेको छ । यो चलचित्रले अहिलेसम्म ५०० करोड माथीको व्यापार गरिसकेको छ ।

आमिर खान, शाहरुख खान, सलमान खानका चलचित्रलाई समेत पछाडी पारिसकेको यो चलचित्रमा शानदार क्लाइमेक्स, सर्वश्रेष्ठ ग्राफिक्स, कलाकारको जोडदार अभिनय तथा जोडदार निर्देशनका कारण दर्शकले अत्यन्तै मन पराएका हुन् । यद्यपी यो चलचित्रमा केहि गल्तीहरु छन् ।

Subscribe us on YouTube:-

एक नजर ‘बाहुबली’मा भएका पाँच गल्तीतर्फ राखौँ:
गल्ती -१
Mistake-1
प्रभास (शिवुडू) तथा तमन्ना भाटिया (अवंतिका) माथी बनेको रोमांटिक गीतको आखिरमा (लगभग २.२० मिनट आसपास) तमन्ना दुई अलग-अलग स्टाइलको चोलीमा देखिन्छिन् । शुरुआतको दृश्य देखि अर्को दृश्यमा उनि ‘रिबन नट’ वाला चोलीमा देखिएकी छिन् ।

गल्ती -२
Mistake-2
चलचित्रमा बन्धक बनेकी देवसेना (अनुष्का शेट्टी) ले दाउराका टुक्रा बटुलिरहेकी देखिन्छिन् तर त्यहाँ वरपर एउटा पनि रुख छैनन् ।

गल्ती -३
Mistake-3
नांगो खुट्टामा झरना र पहाड चढेर प्रभास (शिवुडू) माथी पुग्छन् । तर, दोश्रो दृश्यमा उनि जुत्ता लगाएर द्वन्द्वको दृश्यमा देखिन्छन् ।

गल्ती -४
Mistake-4
चलचित्रको एक दृश्यमा प्रभास (शिवुडू) लगभग २००-३०० मीटरको उचाईबाट खस्छन् । तर, यति उचाईबाट खस्दा पनि उनलाई कतै चोट लाग्दैन ।

गल्ती -५
Mistake-5
चलचित्रको गीत धीवर.. मा प्रभास (शिवुडू) तमन्ना भाटिया (अवंतिका)को पछि-पछि जाँदै गर्दा धेरै लहरामा फँस्छन् । तर, अर्को दृश्यमा मात्र एक लहरामा झुण्डिईरहेका हुन्छन् ।

श्रोत: बलीउडभाष्कर

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu