महेश बाबूको चलचित्रले कमायो पहिलो हप्तामा ५० करोड



mahesh-babu-new

दक्षिण भारतिय चलचित्रका सुपरस्टार महेश बाबू अभिनीत तेलुगू चलचित्र ‘श्रीमंथुडु’ले प्रदर्शनमा आएको एक हप्तामा ५० करोड भन्दा माथिको व्यापार गरेको छ ।

व्यापार विश्लेषक त्रिनाथले बताए अनुसार सुरुवाती हप्तामा चलचित्रले ५० करोड भन्दा माथिको व्यापार गरेको छ । प्रदर्शनमा आएको दिन चलचित्र ‘श्रीमंथुडु’ले ३१ करोडको व्यापार गरेको थियो ।

कोरातला शिवाको निर्देशनमा निर्माण भएको यस चलचित्रमा महेशसँगै श्रुति हसन, जगपथी बाबू, राजेन्द्र, सन्पत राज, सुकन्या र हरिश उथामनले मुख्य भूमिका निभाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu