‘पिके’का निर्देशक गम्भिर घाईते



rajkumar-hirani-accident

बलिउडको सफल चलचित्र पिके निर्देशन गरेका निर्देशक राजकुमार हिरानी बाइक दुर्घटनामा परेका छन् । बाइक दुर्घटनामा परेका उनको हाल मुम्बइको लिलावती अस्पतालमा उपचार भैरहेको छ ।

मंगलबार बिहान तीन बजे उनलाई मुम्बईको अस्पतालको आइसियुमा भर्ना गराइएको थियो। अहिले भने उनी खतरामुक्त भइसकेकाले आइसियुबाट अब्जर्भेसनमा सारिएको बताइएको छ। बाइक अनियन्त्रित भएपछि उनी दुर्घटनामा परेको थिए ।

उनको चिउँडो, घाटीमा चोट लागेको छ । उपचारमा संलग्न चिकित्सक डा.जलिल पार्करका अनुसार हिरानीको अप्रेशन आजनै गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu