थिएटर भिलेजमा ‘तीन एकान्त’



tin-ekanta

ठुलोपर्दा डटकम, काठमाण्डौ।
श्रीमान्‌सँग अलग्गिएकी महिलाको मनको अनुभूति, श्रीमतीसँग बिछोडिएको पुरुष र विकेन्डमा कसैसँग सम्बन्धमा रहने युवतीको फरक कथाहरू समेटिएको नाटक ‘तीन एकान्त’ अहिले ‘थिएटर भिलेज’मा मञ्चन भइरहेको छ ।

मेनुका प्रधान, आशान्त शर्मा, दिया मास्के र सुरज मल्लको अभिनय रहेको नाटकले तीन फरक व्यक्तिहरूको फरकफरक एक्लो अनुभूतिलाई कोलाज पर्फरमेन्समार्फत प्रस्तुत गरिएको छ । श्रीमतीसँग बिछोडिएको वर्षौंसम्म पनि उसँगको समय र अन्तिम भेट सम्झिएर रक्सीको सहाराले दिन काटिरहेको व्यक्ति नाटकमा प्रस्तुत भएको छ ।

अनुप बरालको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक भदौ ८ गतेसम्म मञ्चन हुनेछ। यो कथाको कथाकारहरु भारतीय नयाँ कथाकार सूत्रधार निर्मल बर्माको धुपका एक टुकडा, डेढ इन्च उपर र विकेन्ड हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu