नाट्यकर्मी राजन खतिवडालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’



rajan-khatiwada

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल सरकारले हरेक बर्ष वितरण गर्ने राष्ट्रिय युवा प्रतिभा सम्मान नाट्यकर्मी तथा कलाकार राजन खतिवडालाई प्रदान गरिएको छ । वुधबार राजधानीमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले गरेको सम्मान कार्यक्रममा गृहमन्त्री बामदेब गौतमले राजन खतिवडालाई उक्त सम्मान प्रदान गरेका हुन् ।

कला, संस्कृति, साहित्य सिर्जना, गीत र सङ्गीत रचना, गायन, वाद्य वादनलाई प्रदान गरिने सम्मान यो पटक खतिवडालाई प्रदान गरिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले जानकारी दिए । सम्मान पछि कार्यक्रममा बोल्दै राजन खतिवडाले यो सम्मानबाट आफुलाई थप जिम्मेवारी बोध भएको बताए । ‘यो सम्मानले मलाई थप उर्जा प्रदान गरेको छ र अगामी दिनमा अझै नाट्यकर्मलाई जिवन्त बनाएर लैजाने छु’, सम्मानपछि खतिवडाले भने ।

डुमरवाना ४ बारामा जन्मिएका खतिवडा मण्डला थ्रिएटरमा सञ्चालक समेत हुन् भने उनले झण्डै एक दर्जन बढि चलचित्रमा अभिनय समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu