देश निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ: सौगात विष्ट



Saugat-Bista

विश्वकै कान्छो चलचित्र निर्देशक सौगात विष्टले आफू बालक भए पनि देश निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०१५ को अवसरमा उनले बुधबार यस्तो धारणा राखेका हुन् ।

सो कार्यक्रममा ‘मिस युथ नेपाल २०१५’ का प्रतियोगीले वर्तमान अवस्थामा युवाहरूको भूमिकाबारे प्रकाश पारे । बुधबार यो दिवस मनाउने क्रममा उनीहरूले युवाहरूको वर्तमान अवस्था र उनीहरूको दायित्वबारे बोलेका हुन् । आफ्नो नेपाल आफैं बनाऔं, युवा एकता आजको आवश्यकता जस्ता आवाज उनीहरूले कार्यक्रममा उठाएको राजधानी दैनिकमा खबर छ ।

‘समृद्ध नेपाल निर्माणमा युवाको भूमिका’ विषयक अन्तक्र्रियामा मिस युथ नेपालमा छनोट भएका सुन्दरीहरूले युवाको पक्षमा संविधान आवश्यक भएको औंल्याए । उनीहरूले युवाको पक्षमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित फोटो सेसन गरे । मिस युथ नेपाल २०१५ का कार्यक्रम व्यवस्थापक जनक खड्काले युवाहरूलाई सही मार्गमा लगाए देश समुन्नत हुने बताउँदै युवा पुस्तालाई उचित मञ्च उपलब्ध गराउन यो कार्यक्रम आयोजना गर्न लागेको बताए ।

चलचित्र निर्देशक सुमन दाहालले विदेश पलायन भएका युवाहरूबारे चिन्तन गर्दै उनीहरूलाई देशमा रोजगारको व्यवस्था गरे मुलुक समुन्नत हुने बताए । अभिनेता गजित विष्टले पनि मुलुक निर्माणमा युवाहरूको दायित्वबारे आफ्ना धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu