बिहेका लागि तयार छु, तर योग्य पुरुष भेटिएको छैन: सुस्मिता



susmita-sen

बिहे गर्न राम्री भएर मात्रै पनि नपुग्दो रहेछ, जुर्नुपर्दो रहेछ । नत्र, मिस युनिभर्स सुस्मिता सेन ४० कट्दा पनि ‘योग्य पुरुष’को खोजीमा हुने थिइनन् ।

बुधबार मात्रै पनि उनले मुम्बईमा दोहोर्‍याइन्– म बिहेका लागि तयार छु, तर योग्य पुरुष भेटिएको छैन, नयाँ पत्रिकामा खबर छ । रेनी र अलिसा नामका दुई धर्मपुत्री पालेकी उनी आफ्नो बिहेसँग छोरीहरूलाई पनि कुनै आपत्ति नभएको बताउँछिन् ।

सबै पक्ष नबुझी, मान्छेको योग्यता राम्ररी नजाँची उमेर पुग्यो भन्दैमा हतारिएर बिहे नगर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu