‘भैरव’ प्रति बिश्वस्त छन् एक्शन हिरो



Nikhil-Uprety-action-Hero

ठुलोपर्दा डटकम, काठमाण्डौ।
एक्शन हिरो निखिल उप्रेतीले ५ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा आफैले निर्माण, निर्देशन र अभिनय गरेको चलचित्र भैरव लिएर आउँदैछन् । ५ बर्षपछि पर्दामा फर्कन लागेकै कारणले पनि भैरवको चर्चा व्यापक छ ।

निखिल भैरवलाई दर्शकहरुले मनपराउने पुर्ण विस्वस्त देखिएका छन् । सञ्चार माध्यमहरुसँगको कुराकानीमा उनी भन्छन्, ‘चलचित्र भैरवलाई हामीले राम्रो बनाएका छौँ त्यसैले म ढुक्कका साथ भन्न सक्छु चलचित्रलाई सम्पुर्ण दर्शकहरुले मनपराउनु हुनेछ । राजनीतिक विषयका भन्नै पर्ने कुरालाई पनि चलचित्रमा राखेका छौँ’ निखिलले अगाडी भने, ‘सिधा साधा नेपालीको समस्या पनि चलचित्रमा छ ।’ चलचित्र भैरवमा राजनीतिक वृत्तमा चर्किएको मधेशको मुद्दालाई सकारात्मक हिसाबले उठाएको निखिलले बताए ।

भाद्र ११ देखि प्रर्दशनमा आउन लागेको चलचित्र भैरबमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । बजारमा चलचित्र भैरव दक्षिण भारतिय चलचित्र जस्तो छ भन्ने हल्ला आइरहेको विषयमा निखिल भन्छन्, ‘यो कुरा सुन्दा मलाई खुसी लाग्छ किनभने त्यति सानो उद्योगले पनि बिश्वलाई नै चुनौती दिईरहेको छ । तर यो कुरा म स्पष्ट भन्छु कि भैरब कुनै विदेशी चलचित्रको कथावस्तु होईन । यो नितान्त नेपालकै अहिलेको राजनितिक समस्या, सुरक्षा निकायमा भएको समस्या र देशको नितान्त बास्तबिक घटनालाई नै आधार बनाएर निर्माण गरिएको हो ।’

चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । चलचित्रमा निखिल उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu