भारतका चर्चित कमेडियन कपिल शर्माले अभिनय गरेको पहिलो चलचित्र ‘किस किसको प्यार करु’को अफिसियल ट्रेलर रिलिज भएको छ । बिहिबार दिल्लीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा कपिल ३ श्रीमतीको श्रीमानको भुमिकामा देखिएका छन् भने एउटा गर्लफ्रन्ड गरि चार यूवतीसँग कपिलले रोमान्स गरेको देख्न सकिन्छ । ट्रेलरमै कपिलले दर्शकहरुलाई सजिलै हँसाउन सक्छन् । अब्बास मस्तानको निर्देशनमा बनेको कपिलको पहिलो चलचित्र ‘किस किसको प्यार करु’ एउटा हाँस्य चलचित्र हो ।
कपिल चलचित्रमा तीनवटी श्रीमतिको श्रीमानको भुमिकामा देखिएका छन् । पूर्ण पारिवारिक कथा बोकेको चलचित्र किस किसको प्यार करुबाट कपिल नायकको रुपमा पनि स्थापित हुने सुरुमा छन् । यो चलचित्र यसै बर्षको सेक्टेम्बर २५ मा रिलिज हुँदैछ ।
ट्रेलर हेर्नुहोस्: